FLASH NEWS

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


नेपाल आवाज २० जेष्ठ २०८१, आईतवार ११:२० मा प्रकाशित ५१७ पाठक संख्या

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारकायम भएको छ ।


त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।