FLASH NEWS

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ


नेपाल आवाज २० जेष्ठ २०८१, आईतवार १३:४२ मा प्रकाशित ५२३ पाठक संख्या

काठमाडौँ ।  काठमाडौं महानगरपालिका-६ बौद्ध महांकाल डेरा गरी बस्ने ओखलढुङगा मुलुङ गाउँपालिका-७ घर भएका ४५ वर्षीय मान बहादुर सुनुवारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।