FLASH NEWS

संघीय संसदका दुवै सदनको बैठक बस्दै


नेपाल आवाज २१ जेष्ठ २०८१, सोमबार ०७:०६ मा प्रकाशित ५०५ पाठक संख्या

काठमाडौँ । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।


आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक १२: १५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।