FLASH NEWS

प्रभु बैँक, न्यु होटल पिस प्यालेस र होटल दि राजनबाग्लुङ्ग बीच छुट सम्झौता


नेपाल आवाज २५ जेष्ठ २०८१, शुक्रबार १७:४५ मा प्रकाशित ८६५ पाठक संख्या

प्रभु बैँककाकर्मचारी तथा ग्राहक वर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।


छुट्टाछुट्टै समारोहका बिच सम्पन्नसम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालकनिलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिलशाक्य र प्रभु बैँककातर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर द्घारा हस्ताक्षर गरियो ।

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहक वर्गहरुले बैँक सँगको आबद्धता प्रमाणका आधारमाआवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्तगर्न सक्ने बैँकले जनाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण बाग्लुङ्गजिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपुर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ्ग र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट सेन्टरको रुपमाकामगरिरहेको बाग्लुङ्ग झोलुङ्गे पुलहरुको जिल्लाको उपनामबाट परिचित छ ।

धौलागिरि र अन्नपुर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागिलोक प्रियबाग्लुङ्ग टे«किङ्ग, बाइकिङ्ग, ¥याफ्टिङ्ग तथा साहसिक चाहनेहरुका लागि उक्त मगन्तव्य स्थानका रुपमालिईन्छ । कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबारजस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरुबाट समेत परिचितछ । त्यस्तै बाग्लुङ्गको अर्को लोकप्रियआकर्षण नेपालको एक मात्र इजाजत प्राप्त शिकार आरक्ष, ढोरपाटनशिकार आरक्ष जहाँनिलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाईन्छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै,लण्डन स्थित दिफाईनान्सियल टाईम्सले बैँक अफदि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।