FLASH NEWS

प्रभु बैंकले कृषकहरुलाई कृषिकर्जा उपलब्ध गराईने


नेपाल आवाज २६ जेष्ठ २०८१, शनिबार ११:२४ मा प्रकाशित ५३५ पाठक संख्या

प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase बिच कोशी प्रदेशमा कृषिव्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने ‘Growing together : A Sustainable Agriculture initiative for Koshi Province’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।


उक्त सम्झौतापत्रमा SwisscontactNepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase का तर्फबाट प्रतिनिधिश्री रीमाश्रेष्ठ ज्युले र बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचनज्युले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसायगरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषिकर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईने  छ ।