FLASH NEWS

ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ


नेपाल आवाज २८ जेष्ठ २०८१, सोमबार १५:४९ मा प्रकाशित ५७१ पाठक संख्या

कास्की । ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने ५० वर्षीय कमलमान गुबाजुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


उच्च अदालत पोखराको २०७२ भदौ १० गतेको फैसलाले उक्त कसूरमा ९ महिना कैद र १५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई ७ महिना २९ दिन कैद सजाय र १४ लाख १५ हजार रूपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको जनाएको छ ।