FLASH NEWS

विद्यालय तीन दिन विदा


नेपाल आवाज ३१ जेष्ठ २०८१, बिहीबार ०६:५८ मा प्रकाशित ९७९ पाठक संख्या

वीरगन्ज । अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि विदा दिएको छ ।


बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहने निर्णय गरेको हो । यसअघि महानगरपालिकाले जेठ १६ देखि १८ गतेसम्म गर्मी विदा दिएको थियो ।

बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले सूचना जारी गर्दै हाल गर्मी बढिरहेको र अबका केही दिन अझ गर्मी बढ्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयमा जेठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी विदा दिने निर्णय गरिएको जनाएका छन् ।