FLASH NEWS

संसदमा उठेका विषयप्रति सभामुखको सरकारलाई ध्यानाकर्षण


नेपाल आवाज १ असार २०८१, शुक्रबार ११:४२ मा प्रकाशित ७०३ पाठक संख्या

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा शुन्य समय, विशेष समयमा सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।


शुक्रबारको बैठकमा सभामुख घिमिरेले संसदमा शुन्य समय, विषय समयमा सांसदहरुले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संसदको बैठकमा सांसदहरुले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरुले गुनासो गरे पछि सभामुखले सरकारलाई ध्यानाकर्षण गरेका छन् ।

आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण संसदले थाहा नपाएको बताउदै प्रधानमन्त्री संसदमा उपस्थित भएर जानकारी दिन माग गरेका थिए ।