FLASH NEWS

शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लि.बीच विशेष छुट  सम्झौता


नेपाल आवाज ८ असार २०८१, शुक्रबार १८:०८ मा प्रकाशित ५०५ पाठक संख्या

पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।


एक समारोहका बिच शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि का तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु  बैंक लि.का तर्फबाट चिफ प्रोभिन्स अफिसर, बागमति प्रदेश दिपेन्द्र बाबु  बिष्ट ले समझदारी ज्ञापनपत्रमा  हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु  बैंकका सम्पूर्ण  ग्राहकहरु,कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले सुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५∞ छुट, इन–हाउस स्पेशलाइजेशनमा २०∞ छुट, आउटसोर्समा १०∞छुट र एक्स–रे मा १०∞ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विशेष छुट सविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभू बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नु पर्ने छ ।

”results where matters”नाराका साथ वि.स.२०८०।०२।०३ गतेका दिन औपचारीक रुपमा काठमाडौंको मुटु  पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि.को स्थापना गरिएको थियो ।

यस संस्थाले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि.,ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउदै आइरहेको छ ।

यस संस्थाले मानवतालाई पहिलो प्राथमिकतामा राख्दै उत्कृष्ट गुणस्तर, सबैभन्दा सही निदान र परीक्षणलाई किफायती लागतमा प्रदान गर्न समर्पित छ ।

अरु ल्याब भन्दा छुट्टै गुणस्तरीय सेवा को पहिचान बोकेको यस संस्थाको ल्याब भित्र पनि प्याथोलोजिस्ट, माईक्रोबायोलोजिस्ट, बायोकेमिस्टका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरु आबद्द  छन् ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभू बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभू  बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।