FLASH NEWS

गण्डकी प्रदेशका निलम्बित सांसद देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा


नेपाल आवाज १० असार २०८१, आईतवार १२:२८ मा प्रकाशित ३४९ पाठक संख्या

काठमाडौँ । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ ।


देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै  कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल समबन्धि ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउदै आफुलाई मओवादी केन्द्रले कारवाही गर्न नसक्ने दाबि गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारवाही गरेको थियो ।