FLASH NEWS

उपचारपछि स्वेश फर्किए प्रकाशमान सिंह


नेपाल आवाज १५ असार २०८१, शुक्रबार १८:४२ मा प्रकाशित ३३७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीमा उपचार गरेर नेता सिंह आज स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ ।


उपचारको लागि सिंह करिब एक महिना भारत बसेका थिए । केही दिनको आरामपछि उनी सक्रिय हुने उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी दिल्ली उपचारको लागि गएका थिए । भारतमा उनको शल्यक्रिया भएको थियो ।