FLASH NEWS

सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको शव निकालियो


नेपाल आवाज ९ श्रावण २०८१, बुधबार १९:४९ मा प्रकाशित ४४५ पाठक संख्या

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको शव निकालिएको छ ।


विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ भने विमानमा रहेका बाँकी १८ जनाको मृत्यु भएको छ ।

विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको हो । विमानलाई मर्मतका लागि पोखरा लैजान लागिएको बताइएको छ ।