FLASH NEWS

प्रधानमन्त्री ओली विमान दुर्घटनास्थलमा


नेपाल आवाज ९ श्रावण २०८१, बुधबार १९:५६ मा प्रकाशित २२३ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना स्थल पुगेका छन् ।


बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटनाग्रस्त हुदा १८ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्री ओलीले दुर्घटना स्थलको निरीक्षण गर्दै गृहमन्त्री, नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग दुर्घटना बारे जानकारी लिएका छन् ।

दुर्घटनामा घाइते भएका विमानका पाइलट मनिष रत्न शाक्यको भने अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ ।