FLASH NEWS

काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा


नेपाल आवाज १७ श्रावण २०८१, बिहीबार ११:५५ मा प्रकाशित ४१५ पाठक संख्या

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदै छ । उद्‌घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङकासँग प्रतिस्पर्धा गर्नेछ । 


त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल र श्रीलङका बीचको खेल दिउसो ३: १५ बजे सुरु हुनेछ । बिहीबार नै भारत र इरान पनि ५: ४५ बजेदेखि खेल्दै छन् । 

नेपाल टिमकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमा स्वर्ण पदकको लक्ष्य राखेको बताएकी छन् । बुधबार भएको प्रि-म्याच कन्फरेन्ससमा उनले दुई साता अघि भएको रसियन टिमसँगको मैत्रीपूर्ण खेलले टिममा सुधार आएको बताएकी छन् । मैत्रीपूर्ण खेलमा नेपाल रिसिभ र डिफेन्समा कमजोर देखिएको थियो । 

श्रीलङकाले विपक्षी बलिया भए पनि राम्रो तयार साथ नेपाल आएको बताएको छ । नेपालले पछिल्लो पटक सन २०२१ मा भएको सेन्ट्रल जोनमा श्रीलङकालाई पाँच सेटमा हराएको थियो । लिगमा मालदिभ्स पनि सहभागी छ ।  मालदिभ्सले आफ्नो पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ ।