FLASH NEWS

कृषि समितिकी सभापति थापाले लिइन् शपथ


नेपाल आवाज १७ श्रावण २०८१, बिहीबार १२:५६ मा प्रकाशित १९९ पाठक संख्या

काठमाडौं । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापामगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।


बुधबार संसद सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले थापालाई शपथ दिलाएका हुन् । थापा निर्विरोध समितिको सभापति चुनिएकी थिईन् ।

तत्कालीन सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सो पद रिक्त थियो ।