FLASH NEWS

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको केन्द्रिय समिति बैठक आजबाट


नेपाल आवाज २७ श्रावण २०८१, आईतवार ११:०० मा प्रकाशित २२९ पाठक संख्या

काठमाडौं, २७ साउन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।


 

साउन २७ देखी ३० गतेसम्म चल्ने नवगठित केन्द्रिय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक, पार्टीको सङ्गठन कार्यबिभाजन र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।

 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार बदलिदोँ वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।