FLASH NEWS

पहिरोले पृथ्वी राजमार्ग अवरुद्व


नेपाल आवाज ३० श्रावण २०८१, बुधबार ०८:५२ मा प्रकाशित २८३ पाठक संख्या

काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ।

पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।