FLASH NEWS

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँमा


नेपाल आवाज ३२ श्रावण २०८१, शुक्रबार १३:१९ मा प्रकाशित १०९ पाठक संख्या

काठमाडौँ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँ आइपुगेका छन् ।


व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनी आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्क रहेको बताइएको छ ।