FLASH NEWS

भ्रष्ट ब्यबस्था र भ्रष्ट शासकको अन्त्यको लागि आन्दोलन आबश्यक- कमल थापा


नेपाल आवाज २ भाद्र २०८१, आईतवार १६:२१ मा प्रकाशित २४७ पाठक संख्या

काठमाडौं, २ भदाैं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आन्दोलन आबश्यक भएको भन्दै राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको बताएका छन् ।


काठमाडौं -७ द्वारा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवाद(Liberal conservatism)को बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आबश्यक भएको जिकिर गरे ।

 

थापाले भ्रष्टाचार, धर्म परिबर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै बिदेशी प्रभाव र दबाबबाट मुक्त गर्न स्वाधिनताको रक्षाको लागि आन्दोलन आबश्यक भएको थापाको भनाई छ । कार्यक्रममा डाक्टर बिष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।