FLASH NEWS

संसदीय समितिमा रवि लामिछानेको बयान (फोटो फिचर)


नेपाल आवाज ७ भाद्र २०८१, शुक्रबार १८:२० मा प्रकाशित ३४३ पाठक संख्या

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन् ।


गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज सोधपुछका लागि बोलाएको थियो ।

समितिका सभापति सुर्य थापाले विभिन्न सहकारी र  कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये गोरखा मिडिया नेटवर्कका पूर्वसंचालक एवं प्रबन्ध निर्देशक हाल सांसद सदस्य रवि लामिछानेलाई समितिको बैठकमा  बोलाएर सोधपुछ गरिएको जानकारी दिएका छन् ।

समितिले गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग पनि आजै सोधपुछ गरेको छ । जोशी र लामिछानेको कार्यकालमा चार वटा सहकारीबाट ८० करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको थियो ।

सहकारीमा भएको समस्याको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिले पाएको तीन महिनाको समयअवधि यहि भदौ २३ गते सकिँदैछ ।