FLASH NEWS

राष्ट्रिय परिचयपत्र लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश !


नेपाल आवाज ७ भाद्र २०८१, शुक्रबार १८:३५ मा प्रकाशित १३०३३ पाठक संख्या

काठमाण्डौ। राष्ट्रिय परिचयपत्र कार्यान्वयन भइरहेको बेलामा सर्वोच्चले राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा नलैजान अन्तरिम आदेश जारि गरेको छ। यो संगै राष्ट्रिय परिचयपत्रको कार्यान्वयन अलपत्रमा परेको छ।


विगतमा राष्ट्रिय परिचयपत्र बनाउनुपर्दा सिन्दुर मेट्नुपर्ने , टिका मेट्नुपर्ने र टोपी खोल्नुपर्ने बाध्यताका कारण यसलाई अराष्ट्रिय परिचयपत्रको रुपमा हेरिएको थियो भने यसको विरुद्धमा सत्य तथा न्यायको खोजि अभियानले सर्वोच्चमा रिट हालेका थिए।

यसै कुराको उठान ए वान टाइम टिभिका पत्रकार संजिव न्यौपानेले पनि विगत केहि वर्षदेखि गर्दै आएका थिए। उनले मिडियामार्फत पहिलोपटक यो कुराको खुलाशा गरेका थिए र राष्ट्रिय परिचयपत्र बनाउँदा राष्ट्रियता मेटिएको भिडीयो प्रमाणहरु समेत लिएर आएका थिए।

यो संगै चारैतिर परिचयपत्र लिने प्रक्रियाको बिरोध भएपछी राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले यसलाई सच्याउदै अब टोपी फुकाल्नु  नपर्ने र सिन्दुर , टिका जस्ता पहिचान समेट्न पाईनेगरि सच्याएको थियो।

आज सोहि मुद्दामा सर्बोच्च अदालतबाट राष्ट्रिय परिचयपत्र हाल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारि भएको हो । अन्तरिम आदेशको पूर्णपाठ यहि आईतबार आउँदैछ र हाल जारि गरिएको अन्तरिम आदेशमा भनिएको छ ,

रिट ४२०८१।०३।२८
उत्प्रेषण 080-WO-1524 अधिवक्ता रामबहादुर राउत समेत जना २ || प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाण्डौँ समेत ३ अ.आ. सम्बन्धमा आदेश अन्तरिम आदेश जारी ”