FLASH NEWS

मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २१ पुग्यो, २२ घाइतेको उपचार हुदै


नेपाल आवाज ७ भाद्र २०८१, शुक्रबार १८:५० मा प्रकाशित २९५ पाठक संख्या

काठमाडौँ ।  मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ । प्रहरीका अनुसार दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । 


उद्धार गरिएका २२ जनामध्ये १२ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ भने बाँकी १० जनाको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।    

शुक्रबार दिउँसो करिब साढे एक बजे पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो । 

उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए ।