FLASH NEWS

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?


नेपाल आवाज ९ भाद्र २०८१, आईतवार ११:३५ मा प्रकाशित २७१ पाठक संख्या

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।


आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।