FLASH NEWS

ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल


नेपाल आवाज १६ भाद्र २०८१, आईतवार ०९:०७ मा प्रकाशित १२१ पाठक संख्या

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।


आर्सनलले खेलको ३८औँ मिनेटमा काइ हाभेर्टजले गरेको गोलबाट शुरुवाती अग्रता लिएको थियो भने ब्राइटनका लागि खेलको ५८औं मिनेटमा जोआओ पेड्रोले बराबरी गोल गरेका थिए ।

यस खेलमा खेलको ४९औं मिनेटमा आर्सनलका डेक्लान राइसले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो ।

यो बराबरीपछि आर्सनलको ३ खेलमा ७ अंक भएको छ भने ब्राइटनको पनि ३ खेलमा ७ अंक रहेको छ ।