FLASH NEWS

पाकिस्तानलाई हराउदै विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा उक्लियो बंगलादेश


नेपाल आवाज १९ भाद्र २०८१, बुधबार १३:१४ मा प्रकाशित १५७ पाठक संख्या

काठमाडौँ । बंगलादेशले टेष्ट सिरिजमा पाकिस्तानलाई २-० ले पराजित गरेको छ । यसपछि बंगलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा पुगेको छ ।


विश्व टेस्ट च्याम्पियनसिपमा हाल पहिलो नम्बरमा भारत, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा न्यूजिल्याण्ड रहेको छ ।

शिर्ष स्थानमा रहेको भारत ६८.५२ प्रतिशत अंकसहित शिर्ष स्थानमा छ अस्ट्रेलियाको ६२.५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै न्यूजील्याण्ड ५० प्रतिशतसहित तेस्रो र बंगलादेश ४५. ८३ प्रतिशतसहित चौथो स्थानमा रहेको छ ।

बंगलादेशले पाकिस्तानलाई २ खेलको सिरिजमा २-० ले पराजित गरेको थियो ।  पहिलो टेस्ट १० विकेटले जितेको बंगलादेशले दोस्रो टेस्ट ६ विकेटले जितेको थियो । यस सूचीमा पाकिस्तान १९.०५ प्रतिशतसहित आठौँ स्थानमा रहेको छ । टेस्ट क्रिकेटको इतिहासमा पाकिस्तान पहिलो पटक बंगलादेशसँग हारेको छ ।