FLASH NEWS

आजका लागि एमाले बैठक सकियो, भाेली फेरी बस्ने


नेपाल आवाज २२ पुष २०८१, सोमबार १८:१२ मा प्रकाशित ६७ पाठक संख्या

काठमाडौं, २२ पुस । नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजका लागि सकिएको छ ।


आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन । खाजा ब्रेक पछि स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको जनाइएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथी टिप्पणी गर्नका लागि एमालेले ३–३ मिनेटको समय छुटाएको छ । केही केन्द्रिय सदस्यले बोल्न बाँकी रहेकाले उनीहरूको धारणा सुनिसके पछि सम्भवतः भोली नै अध्यक्ष ओलीले जवाफ दिएर बैठक सकाउने तयारी एमालेको छ ।