FLASH NEWS

चिनियाँ नागरिकको अपहरणमा संलग्न चार भारतीयलाई काठमाडौं ल्याइयो


नेपाल आवाज २ माघ २०८१, बुधबार ११:५६ मा प्रकाशित १३ पाठक संख्या

२ माघ, काठमाडौं । ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार भारतीय नागरिकलाई प्रहरीले काठमाडौं ल्याएको छ। उनीहरू मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएका थिए।


पक्राउ पर्ने भारतीय नागरिकहरू आशुतोफ दत्रेय, अमोल खरमते, असरफ युनुस शेख र अम्बास श्रीसत हुन्। उद्धार गरिएका चिनियाँ नागरिकलाई भद्रकालीको जिल्ला प्रहरी परिसरमा पठाइएको छ।

ठमेलबाट चिनियाँ नागरिकको अपहरणको खबरपछि अनुसन्धान सुरु भएको थियो। सीसीटीभी फुटेजमा भारतीय नागरिकहरूले चिनियाँ नागरिकलाई गाडीमा हालेर लगेको देखिएपछि नाकामा चेकपोइन्ट राखेर उनीहरूको खोजी गरिएको थियो।

प्रारम्भिक जाँचमा अपहरणको कारण लेनदेनको विवाद रहेको देखिएको छ। चिनियाँ नागरिकले दिएको रकम नपाएपछि भारतीय नागरिकहरूले अपहरण गरेको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी रहेको छ।