FLASH NEWS

कर्जा विस्तारमा सुधार नदेखिएपछि रकम थुप्रियो


नेपाल आवाज २ माघ २०८१, बुधबार १२:०१ मा प्रकाशित १३ पाठक संख्या

काठमाडौं, माघ २ – कर्जा लगानीमा वृद्धि नहुँदा बैंकहरूले नेपाल राष्ट्र बैंकमा आफ्नो बढी पैसा राख्न थालेका छन्। राष्ट्र बैंकले बुधबार थप ४० अर्ब रूपैयाँ उठाउने योजना बनाएको छ। यसअघि, बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजदरमा रकम राख्दै आएका थिए, तर अहिले त्यो ब्याजदर घटाएर २.८९ प्रतिशत राख्न थालेका छन्।


गत आइतबार, राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ उठाउने योजना ल्याएकोमा बैंकहरूले ४७ अर्बको प्रस्ताव गरेका थिए। कर्जा विस्तारमा सुधार नदेखिएपछि कर्जा विस्तारमा सुधार नदेखिएपछि थुप्रिएको रकम राष्ट्र बैंकमा जम्मा गरिरहेका हुन्। राष्ट्र बैंकले यो रकम २१ दिनका लागि तान्ने छ।

पुस २८ सम्म, राष्ट्र बैंकमा बैंकहरूले जम्मा गरेको रकम २ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ। यसअघि, यो रकम तीन खर्बभन्दा बढी थियो।