FLASH NEWS

भूमि आध्यादेश आजै आउने प्रधानमन्त्रीको ठोकुवा


नेपाल आवाज २ माघ २०८१, बुधबार १४:४८ मा प्रकाशित ४५१ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भूमिसम्बन्धी अध्यादेश आउने जानकारी दिएका छन्। सरकारले यो अध्यादेश ल्याउन सिफारिस गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले यसलाई रोक्नु भएको थियो।


बालुवाटारमा उद्योगी व्यवसायीहरूको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “आज भूमिसम्बन्धी अध्यादेश आउँदै छ। यसले भूमिसम्बन्धी नसुल्झिएका समस्याहरू छन्, ती सुल्झाउन, सरकारले पहिला आफैँ जमिन किन्न दिन्छ, हाउजीङ गर्न दिन्छ। प्रशस्त घर बनाउन दिन्छ। अनि बनाइसकेपछि हदभन्दा बढी जग्गा किनेछौ बेच्न त पाइँदैन भन्छ।”

प्रधानमन्त्री ओलीले अस्थिर नीतिहरूलाई सुधार गर्नका लागि सरकारले काम गरिरहेको उल्लेख पनि गरे।

उनले थपे, “घर बनिसकेका छन्, बेच्न पाइँदैन अनि लगानी डुबेन। लिलामी गरेर त्यो किन्छ। बैंकले लोनको सट्टा त्यो घर लिलामी गर्‍यो अनि किन्छ चाहिँ कसले रु त्यो अस्तव्यस्त बनाउने नीतिहरू हामीले करेक्सन गरिरहेका छौँ।”