FLASH NEWS

रविलाई धरौटिमा छाड्ने आदेश विरुद्ध उच्च अदालत जाने गृहमन्त्रीको तयारी


नेपाल आवाज २ माघ २०८१, बुधबार १७:५१ मा प्रकाशित २२८७ पाठक संख्या

गृहमन्त्री रमेश लेखकले कास्की जिल्ला अदालतको रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध उच्च अदालत जाने बताएका छन्। उनले भने, “हामी एक वा दुई दिन भित्र उच्च अदालतमा उक्त आदेशको खारेजीको माग गर्दै जानेछौं।”


पत्रकार ऋषि धमलाका अनुसार संक्षिप्त वार्तामा गृहमन्त्रीले ऋषि धमलालाई उक्त जानकारी दिएका छन्। कास्की जिल्ला अदालतले गत बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।