FLASH NEWS

रविले बुझाए धरौटी ! अबको प्रकृया यस्तो हुने


नेपाल आवाज २ माघ २०८१, बुधबार १८:५७ मा प्रकाशित ६१३ पाठक संख्या

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले धरौटी रकम बुझाएका छन्। बुधबार, काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनसम्बन्धी मुद्दामा उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। यसमा प्रभु बैंकले ग्यारेन्टी दिएको छ।


न्यायाधीश माधव अधिकारीको इजलासले थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो, जसअनुसार लामिछानेले बाहिरै बसेर मुद्दा लड्न पाउने छन्।

यसअघि, पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा पनि उनले ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

लामिछानेमाथि रुपन्देही, चितवन र पर्सामा सहकारी बचत अपचलनको आरोपमा मुद्दा चलिरहेको छ, र अब उनले ती जिल्लाका अदालतमा उपस्थित हुनेछन्।