पछिल्लो २४ घन्टामा सामाजिक संजाल एक्समा एउटा भिडियो भाईरल हुनथालेको छ । उक्त भिडियोमा आकाशबाट यसरि प्रकाशका किरणहरु झर्न थालेको देखिएको छ ।
यस्लाई विभिन्न ब्यक्तिहरुले कैद गरि सामाजिक संजालमा डुलाईरहेका छन् ।
के हो यस्को वास्तविकता ?
स्पेसएक्सका मालिक एलन मस्कले गएराती ४०३ फिट अग्लो यान आकाशमा पठाएका थिए । यो उनको पृथ्वीबाट अन्तरिक्ष यात्रालाई सफल बनाउने एक साधन हो ।
पूर्ण रुपमा अन्तरिक्षमा पुग्न सफल यान एकैछिनमा हरायो र स्पेस एक्ससंग संवन्ध विच्छेद हुनपुग्यो र त्यस्को केही समयपछी आकाशबाट यसरी प्रकाशका किरणहरु खस्न थाल्यो ।
यो घटनाले एलन मस्क छक्क परेका छन् । यस्तो कसरी भयो ? अहिलेसम्म वास्तविकता खुल्न सकेको छैन तर एलन मस्कको यान विस्फोट भएको सूचना भने स्पेस एक्सले पाएको छ ।
बिचमै कसरी खराबी आयो ? कसरी चम्किलो प्रकाश झर्न थाल्यो आकाशबाट ? भन्नेकुराको अनुसन्धान भईरहेको छ ।