FLASH NEWS

प्रमाण सहित रुपन्देहिमा रवि विरुद्ध मुद्दा दर्ता हुँदै ! अन्यत्रभन्दा यो मुद्दा निक्कै जटिल


नेपाल आवाज ४ माघ २०८१, शुक्रबार १०:५९ मा प्रकाशित १८७३ पाठक संख्या

काठमाडौ । रवि लामिछाने विरुद्ध आजै रुपन्देहि अदालतमा मुद्दा दर्ता हुँदैछ तर यो मुद्दा रविको लागि अन्यत्रको भन्दा जटिल बन्ने भएको छ किनकी रविको खातामा सहकारी ठगिको रकम प्रवाह भएको प्रमाण सहित मुद्दा दर्ता हुँदैछ ।


रवि लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा अदालतले ६० लाख धरौटीमा रिहा गरिसकेको छ, तर उनलाई निर्दोष भन्न सकिने आधार भने देखिएको छैन।

कास्की जिल्ला अदालतले पनि उनलाई ६५ लाख धरौटीमा रिहा गरिसकेको थियो। उनी धरौटीमा छुटे पनि, मुद्दा किनारा नलागेपछि उनी निर्दोष भन्नमिल्ने अवस्था छैन ।

स्वर्णलक्ष्मी सहकारीबाट रवि लामिछानेले ९३ लाख ४६ हजार ऋण लिएको अदालतले पुष्टि गरेको छ। उनले ४६ लाख ९८ हजार फोर ह्वीलर लोन र ४६ लाख ४८ हजार ईको सेभेन सिटर भ्यान लोन लिएका थिए। थप रूपमा, लामिछानेलाई ९० लाख १६ हजार ६६० ऋण भुक्तान गरेको पाइएको छ।

रवि लामिछानेलाई रुपन्देहीमा थप ठूलो मुद्दा लाग्ने भएको छ। उनको मुद्दा आजै दर्ता हुँदैछ । रुपन्देही जिल्ला अदालतमा १ अर्ब १२ करोड बिगो दाबी गर्दै रवि र १४ जनाविरुद्ध मुद्दा दायर गर्न तयारी गरिएको छ।

यसअघि, गत वैशाखमा २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो, जसमा १७ जनाविरुद्ध हालै थप मुद्दा दर्ता गरिएको छ।

हाल प्रहरी प्रतिवेदनमा लामिछानेलाई ४ करोड १३ लाख र पूर्वडीआईजी छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

लामिछानेलाई व्यक्तिगत २ करोड र सामूहिक दायित्व २ करोड १३ लाख गरी ४ करोड १३ लाख बिगो माग गरिएको छ। छविलाल जोशीको नाममा २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७८ लाख सामूहिक दायित्वको बिगो माग गरिएको छ।

सुप्रिम सहकारीमा २०७७ चैत १८ गते २ करोड रकम लामिछानेको नाममा जम्मा गरिएको प्रमाण पनि प्रहरीले पेस गरेको छ। उक्त रकम गोर्खा मिडिया नेटवर्कमा पुर्याईएको कुरा संसदीय छानबिन र प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ। यसकारण रुपन्देहिको मुद्दा रविको लागि जटिल बन्ने आंकलन गरिएको छ ।