FLASH NEWS

यसरि तुहिन्छ राजावादी आन्दोलन ! यस्तो छ आन्दोलन तुहाउने एक रणनीति


नेपाल आवाज ६ चैत्र २०८१, बिहीबार ०८:४१ मा प्रकाशित १८७६९ पाठक संख्या

राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको उपलक्ष्यमा दिएको शुभकामना संदेश तथा आफूलाई साथ दिन गरिएको आह्वान पश्चात जनता उत्साहित हुँदै पोखराबाट राजा ज्ञानेन्द्र फर्किने क्रममा एयरपोर्टमा देखिएको भिड कम्ति थिएन। लाग्थ्यो त्यहि दिन गणतन्त्र ढाल्ने र राजालाई श्रीपेच लगाईदिने अभ्यास गरेको भए सफल हुन्थ्यो। गोप्य श्रोतका अनुसार त्यो दिन अझै थप उपस्थिति भएको भए तयारी पनि त्यस्तै नै थियो तर पछि योजना फेरियो।


त्यो भिडबाट आत्तिएका गणतन्त्रवादीहरु गणतन्त्र रक्षाको लागि भनेर गणतन्त्रवादीहरु सबै मिलेर संयुक्त सरकार बनाउने प्रयास गरिरहेका छन् र यो यसकारण हो कि विपक्षी दलका नेताहरुले आन्दोलनलई साथ नदिउन। यसरि विपक्षी दलका नेताहरुले आन्दोलनलाई साथ नदिउन भन्ने प्रयास रहेको कुरा बाहिरिएको छ।

यो भन्दा खतरा दृश्य अर्को छ। चैत १५ गते सडकमा गणतन्त्रवादीहरुले शक्ति प्रदर्शन गर्दैछन् भने सोहि दिन भिडन्त हुने किसिमले दुर्गा प्रसाईले पनि आन्दोलन गर्दैछन्। यहाँसम्म कि हातमा खुँडा र तरबार लिएर आउनेसम्मको अराजक भाषण दुर्गा प्रसाईले गरेका छन्।

यो कुनै संयोग हैन कि , दुर्गा प्रसाईकै आन्दोलनको बेलामा महेश बस्नेत झडप गर्ने उद्देश्यले सडकमा उत्रिन्छन् र दुर्गा प्रसाईकै आन्दोलनको बेलामा गणतन्त्रवादीले शक्ति प्रदर्शन गर्छन्। राप्रपा लगायतले गर्ने आन्दोलनमा कहिल्यै हिरासतमा नगएका राजवादिहरु दुर्गा प्रसाइको आन्दोलनमा हिरासत पुग्ने मात्र हैन निक्कै लामो समयसम्म भित्र पर्छन् तथा दुर्गा प्रसाईलाई सघाउने मिडिया र युट्युब समेत बन्देजमा पर्छन् वा स्पस्टिकरणमा पर्छन्। यस्तो विगतमा पनि देखिएकै हो र अबका दिनहरुमा पनि देखिएला।

यसरि १५ गते कुनै किसिमको भिडन्त गराउने योजना अदृश्य पक्षको रहेको छ र त्यो योजना महेश बस्नेत भर्सेस दुर्गा प्रसाईको बेलामा पनि केहि ट्रेलर देखिएको थियो। यसरी भिडन्त गराई राजावादीहरुको बदनाम गर्ने उद्देश्य अदृश्य पक्षको रहेको छ।

राजा शान्तिका प्रतिक हुन्। राजा विरेन्द्रले नेपाललाई शान्तिक्षेत्र प्रस्ताव गरेका हुन्। हाल सत्तामा फर्कन चाहेका राजाले जसरि विना रक्तपात , शान्तिपूर्ण तरिकाले सत्ता छाडेका थिए त्यसैगरी उनि फर्किन चाहन्छन् तर अदृश्य पक्ष भने यहि बहानामा नेपालमा युद्ध चाहन्छ , भिडन्त चाहन्छ र त्यसैलाई आधार मान्दै राजावादी अभियानलाई बन्देज लगाउन चाहन्छ जसको लागि अराजक किसिमका व्यक्तिहरु घुसपैठ भई राजावादी आन्दोलनमा नेतृत्व लिएका छन्।

हरेक आन्दोलनमा घुसपैठियाको काम भनेकै त्यस आन्दोलनलाई कमजोर बनाउनु नै हुन्छ।  यसअर्थमा राजावादी दल राप्रपालाई कमजोर बनाउनु , राजावादी नेता केशर बहादुर विष्टलाई कमजोर बनाउनु , सम्पूर्ण राजावादी युवालाई अराजक बनाई जेलभित्र सडाउनु र सबै राजावादी अभियान काम नलाग्ने हुन् तर मै मात्र जान्ने भन्दै भिडलाई बराल्दै , उक्त भिडलाई उत्तेजित बनाउदै , अदृश्य शक्तिको इशारामा जबर्जस्ति मुठभेडतर्फ लैजानु र वर्षौंसम्म यस्ता आन्दोलन र अभियान निषेध गराउनु नै हो।

यस्ता अराजक शैली ,  अभियान र नेतृत्वलाई बेलैमा सबैले चिन्न जरूरी छ । चाहे गणतन्त्र पक्षधर होउन् वा राजावादी , यस्ता अराजक शैली र मुठभेडका कुरा कसैले पनि गर्नु हुँदैन।

यो शैलीले अन्तराष्ट्रिय स्तरबाट नै राजा ज्ञानेन्द्रले यस्ता अराजक शैली र अभियानको नेतृत्व लिएको भनि उनलाई नै हत्या , आतंकको जिम्मेवार व्यक्ति ठहर गर्दै हाल पाउन खोजिएको अन्तराष्ट्रिय समर्थनमा धक्का लगाउने रणनीतिमार्फत अन्तराष्ट्रिय स्तर समेतमा यो अभियानको साख गिराई हुनलागेको शान्तिपूर्ण आन्दोलन तुहाउने षडयन्त्रलाई पनि हुनसक्छ भनि विचार गर्न राजावादीले जरूरी छ भने गणतन्त्रवादीले पनि अनावश्यक उन्मादमा लागेर शक्ति प्रदर्शन गर्नु उचित हुँदैन।

१५ गते नै दुवै कार्यक्रम एकैदिन पर्नु संयोग हैन बरु अदृश्य शक्तिको डिजाईन हो। हरेक परिवर्तन यस्ता मुठभेडबाट हैन राष्ट्रिय सहमतिका आधारमा वा शन्तिपूर्ण ढंगले निकाश खोज्न आवश्यक छ।  यसरी मात्र देशमा स्थायित्व आउनेछ। अन्यथा निषेधको राजनीति नगरौं भन्ने राजा ज्ञानेन्द्र नै निषेधमा लाग्दै जाने भन्ने अवस्थाको कल्पना गर्नु नै गलत हुन्छ। सत्ता पक्षधरले पनि बेलैमा जनभावनालाई बुझेर यथाशिघ्र देशको लागि शुभ हुने निर्णय गर्न ढिला गर्नहुन्न।