FLASH NEWS

गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा भव्यतापूर्वक सम्पन्न


नेपाल आवाज २३ चैत्र २०८१, आईतवार २२:२९ मा प्रकाशित १४२३ पाठक संख्या

पोखरा, वार्ड नं. १७ स्थित बिरौटामा ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आगामी बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म आयोजना हुने भएको छ। महायज्ञको औपचारिक संकल्प सभा विशेष कार्यक्रमको बीचमा सम्पन्न भएको थियो।


कार्यक्रमका प्रमुख वक्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले महायज्ञको उद्देश्य र महत्त्वको बारेमा चर्चा गर्नुभयो। वहाँले गण्डकी क्षेत्रको लागि यो महायज्ञ एक ऐतिहासिक अवसर भएको बताउँदै, कोटिहोम, हवन, यज्ञका आध्यात्मिक र वैज्ञानिक पक्षलाई व्याख्या गरे। महायज्ञमा विराट ज्ञान सत्संग, भजन कीर्तन, ध्यान साधना, बाल संस्कार शिविर र समाज रूपान्तरणका प्रवचन हुने जानकारी पनि दिनुभयो ।

महायज्ञबाट संकलित रकमको शेष भाग पोखरा–१७ स्थित हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको संरक्षण र विकासमा प्रयोग गरिने बताइयो।

संकल्प सभामा स्थानिय अगुवा, धार्मिक व्यक्तित्व र महायज्ञ व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता उल्लेखनीय थियो। सबैले महायज्ञ सफल बनाउन एकताबद्ध प्रयास गर्ने प्रतिबद्धता जनाए।

महायज्ञको संकल्पसभामा भारतको उडिसाबाट आएका कलाकार, मामाघर आश्रमका बालबालिका र मानव सेवा फाउण्डेसन नेपालका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरे।