FLASH NEWS

गण्डकी कोटिहोम : भूमीपुजन सहित एकैदिन ३ ठूला उपलब्धी


नेपाल आवाज ३ बैशाख २०८२, बुधबार १६:५७ मा प्रकाशित ५२९ पाठक संख्या

पोखरा महानगरपालिका–१७ विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत आज एकै दिन तीन महत्वपूर्ण धार्मिक कार्यहरू सम्पन्न भएका छन् ।


प्रारम्भमा तय गरिएको स्थान परिवर्तन भई महायज्ञ पोखरा–६ स्थित बाराहीघाटमा सरेकोले त्यहाँ बिहान क्षमा पूजन गरिएको छ ।

दोश्रो, महायज्ञ सञ्चालन हुने नयाँ स्थान श्री सिद्धेश्वर हरिहर मन्दिरको भूमिमा बिहान ११:०१ बजे शुभ साईतमा भूमिपूजन सम्पन्न भएको छ ।

तेस्रो, यज्ञ कुण्ड खन्ने कार्य पनि विधिपूर्वक आज ११:११ बजे सम्पन्न गरिएको छ ।

कार्यक्रममा विभिन्न स्वामीज्यूहरू, वडा अध्यक्ष राधिका शाही, सामाजिक संघसंस्था तथा आमा समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तस्बिरमा