FLASH NEWS

ट्रम्पको आदेश : नेपालमा एमसिसि सधैंको लागि रोक्नु


नेपाल आवाज ११ बैशाख २०८२, बिहीबार ११:११ मा प्रकाशित ६९१९ पाठक संख्या

संयुक्त राज्य अमेरिकाले नेपाल नेपाल कम्प्याक्टअन्तर्गतको गतिविधिहरूसँग सम्बन्धित सबै भुक्तानीहरू सधैंको लागि रोक्किएको जानकारी दिएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०२५ जनवरी २० मा जारी गरिएको कार्यकारी आदेशअनुसार यो निर्णय गरिएको कुरा उक्त सूचनामा उल्लेख छ । त्यतिखेर, ९० दिनको लागि एमसिसि निलम्बनको व्यवस्था गरिएको थियो ।

MCC संस्था बन्द गर्ने निर्णय यसरि भयो 

अमेरिकाले विकासशील राष्ट्रहरूलाई अनुदान दिने संस्था Millennium Challenge Corporation (MCC) बन्द गर्ने निर्णय गरेको छ।

अमेरिकी सरकारले नयाँ कार्यालय Department of Government Efficiency (DOGE) स्थापना गरी MCC का परियोजनाहरू, बजेट र जनशक्ति कटौती गर्दै संस्था बन्द गर्ने प्रक्रिया सुरु गरेको हो।

MCC ले नेपालसहित ५० भन्दा बढी राष्ट्रमा आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्दै आएको थियो। हाल संस्थाले २० देशमा ५.४ अर्ब डलर बराबरको अनुदान दिइरहेको छ। बन्दको कारण कुनै अनियमितता नभएर अमेरिकी विदेश सहायता नीति सानो बनाउने रणनीति भएको बताइएको छ।

नेपाल, मंगोलिया लगायत केही देशहरूले परियोजना पूरा गर्न थप समय मागेका छन्। MCC ले अघिल्लो दशकमा पारदर्शिता र प्रभावकारिताका लागि प्रशंसा पाएको थियो।

तर, अब ट्रम्पको यो कदमसंगै एमसिसि सधैंको लागि बन्द भएको छ ।