FLASH NEWS

प्रधानमन्त्री ओली र देउवा दम्पतीसहित नेताहरु छलफल


नेपाल आवाज २६ बैशाख २०८२, शुक्रबार १०:४० मा प्रकाशित ५५ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढा दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।


बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक सवालबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा प्रधानमन्त्रीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

ओलीले क्याबिनेट बैठक अघि उनीहरुसँग छलफल गरेका हुन् । अहिले मन्त्रिपरिषदको बैठक जारी छ ।