FLASH NEWS

आर्यन, रमेश र पलपछि ‘महाराजधिराज’मा वर्षा


नेपाल आवाज २६ बैशाख २०८२, शुक्रबार ११:०१ मा प्रकाशित ६१ पाठक संख्या

काठमाडौँ । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भएकी छन् । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माण पक्षले चलचित्रमा वर्षालाई अनुबन्ध गरेको हो ।


यो लाइनअपसँगै निर्माण पक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्य रहने संकेत दिएको छ । स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनाएको सिनेमाप्रति अपेक्षा पनि बढ्दै गएको छ ।

यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्त्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ । ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दै छन् । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । सेनकै लेखन रहेको यो फिल्म दसैँको फूलपातीमा प्रदर्शन हुँदै छ ।

सेनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगन्ज’ समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्डसमेत जितेको थियो ।