FLASH NEWS

विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग


नेपाल आवाज २६ बैशाख २०८२, शुक्रबार १३:०३ मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौं, २६ बैशाख । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।


शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आमजनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ होस् भनि सभामुख समक्ष माग गरेका हुन् ।

यस्तै, उनले गोरखा र धादिङ जिल्लाको बीचमा पर्ने भर्खरै सुरु गर्न लागेको राष्ट्रिय गौरवको जलासययुक्त बुढिगण्डकी जलविद्युत परियोजना यही आर्थिक वर्ष ८२/८३ देखि निर्माण सुरु गरियोस् भनिसरकारसँग माग पनि गरेका छन् ।