काठमाडौं, २७ वैशाख । भारतले पनि पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको पुष्टि गरेको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलन गर्दै भारत युद्धविराम गर्न सहमत भएको जानकारी दिएका हुन् । उनले भारतीय समयअनुसार ५ बजेबाट लागू हुनेगरी युद्धविराम गर्न सहमत भएको जानकारी दिए ।
उनका अनुसार अब दुवै देशले जमिन, आकाश र समुद्रमा एकअर्कामाथि आक्रमण गर्ने छैनन् ।
युद्धविराम संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ एक्समा लेख्दै भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको घोषणा गरेका थिए ।