FLASH NEWS

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत : डोनाल्ड ट्रम्प


नेपाल आवाज २७ बैशाख २०८२, शनिबार २०:१९ मा प्रकाशित ५५ पाठक संख्या

काठमाडौं, २७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन् ।


उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो दाबी गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन् ।

म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु ।