FLASH NEWS

महालक्ष्मी नगरपालिका- ९ को आयोजनामा डिजिटल मार्केटिङ सम्वन्धी १५ दिने तालिम सुरु


नेपाल आवाज २८ बैशाख २०८२, आईतवार १०:१३ मा प्रकाशित २८३ पाठक संख्या

ललितपुर, २८ वैशाख । महालक्ष्मी नगरपालिका ९ को आयोजनामा डिजिटल मार्केटिङ सम्वन्धी १५ दिने तालिम २०८२ वैशाख २५ गतेबाट सुरु भएको छ । उक्त कार्यक्रम उद्घाटन सत्रमा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जन, वडा नं.-९ का वडाध्यक्ष जयकृष्ण बोगटी, सञ्चारकर्मी गोमा पाण्डे, प्रशिक्षकहरु विवेक दर्शन श्रेष्ठ, सन्जिव न्यौपाने र अभिषेक ज्ञवाली, सञ्चारकर्मी, वडासचिव, वडा सदस्य, कर्मचारी र प्रशिक्षार्थीहरु लगायतको बाक्लो उपस्थिति थियो ।


तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले यस तालिमको भरपुर सदुपयोग गर्न आग्रह गर्दै रोजगारी सृजना हुने बताए । साथै तालिम प्रभावकारी भएको खण्डमा आगामी बजेटमा पाइलट प्रोजेक्टकै रुपमा अगाडि बढाइने सुनाए ।

उपमेयर लक्ष्मी महर्जनले यस महानगरको पहिलो कार्यक्रम भएको भन्दै सबै वडामा गरिनुपर्ने बताइन् । भविष्य यहि देशमा खोजौं, पैसा यहि कमाउन सकिन्छ उनले भनिन् ।

त्यसैगरि वडाध्यक्ष जयगोविन्द बोगटीे प्रशिक्षार्थीहरुलाई तालिमको भरपुर सदुपयोग गर्न आग्रह गर्दै लाकुरी भन्ज्याँङमा बन्ने आइटी पार्कमा रोजगारी सृजना गरिने बताए । आफ्नो मन्तव्य राख्ने प्रशिक्षक तथा बत्ताहरुले यस्ता खालका तालिमहरु निरन्तर दिन सक्दा प्रशस्त राजगारी सृजना हुनको साथै केही हदसम्म विदेश पलायन रोक्न सकिने बनाए ।