FLASH NEWS

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन


नेपाल आवाज २८ बैशाख २०८२, आईतवार १०:२५ मा प्रकाशित ५५ पाठक संख्या

चितवन, २८ वैशाख । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।


आइतबार बिहान सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा कोइला बोकेको ट्रक बीच बाटोमा नै पल्टिएको कारण सडक अवरुद्ध भएको हो ।

अहिले साना सवारीसाधनहरूलाई एकतर्फी छोडिएको र पल्टिएको ट्रक पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने बताइएको छ ।

आइतबार बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ९८१७ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो ।