FLASH NEWS

गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने


नेपाल आवाज २८ बैशाख २०८२, आईतवार १०:४० मा प्रकाशित ८५ पाठक संख्या

काठमाडौं । २८ वैशाख । गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा अर्थशास्त्री विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ ।


शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए ।

पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको हो । पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए ।

पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी गरिएको छ ।