FLASH NEWS

सुनको मूल्य घट्यो


नेपाल आवाज २८ बैशाख २०८२, आईतवार १२:३७ मा प्रकाशित ४३ पाठक संख्या

काठमाडौं, २८ वैशाख । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।


यससँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यससँगै यसअघि तोलामा १९ सय ६० कायम भएको चाँदीको मूल्य आइतबार १९ सय ७० रुपैयाँ कायम भएको हो ।