FLASH NEWS

उद्योग वाणिज्य महासंघले अर्थमन्त्रीलाई दियो ५८ बुँदे बजेट सुझाव


नेपाल आवाज २८ बैशाख २०८२, आईतवार १२:५७ मा प्रकाशित ४३ पाठक संख्या

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई बजेट सुझाव दिएको छ । अध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई महासंघको तर्फबाट बजेट सुझाव पेस गरेका हुन् ।


नेपाल पछाडि पर्नुको मुख्य कारण सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी लगानी अत्यन्त न्युन हुनु कारण रहेकोले लगानीसम्बद्ध एकीकृत कानुन, एकमात्र सहजीकरण, नियमन गर्ने निकाय र एकीकृत सेवा पहिलो आवश्यकता भएको उनले बताए ।

त्यसैगरी लगानी दशक घोषणा गरी नीतिगत स्थायित्व र ठोस कार्ययोजना दोस्रो प्राथमिकता भएको भन्दै उनले कार्ययोजना निर्माणमा महासंघले सघाउने बताए ।

साना मझौला उद्योगको अनलाइन दर्ता र राजस्वसम्बन्धी व्यवस्था, सूचना प्रविधि उद्योगको विस्तार, खाडी मुलुकलक्षित निर्यात कार्यक्रम, हिलस्टसन, खेलकुद, विवाह कार्यक्रम केन्द्रित पर्यटन कार्यक्रम तत्काल सकारात्मक नतिजा दिने योजना भएकाले त्यसतर्फ सोच्न उनको आग्रह छ । ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका अधिकांश सुझावको कार्यान्वयनले नयाँ चरणको सुधारको मार्गप्रशस्त गर्नेछ ।