काठमाडौ, २८ बैशाख ।गभर्नर सिफारिस समितिको सदस्यबाट विश्व पौडेलले राजीनामा दिएका छन् ।
उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।
अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्।
नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।
यसअघि पुर्व गभर्नर बिजयनाथ भट्टराईले पनि राजिनामा दिएका थिए, उनको स्थानमा पुर्व गभर्नर महाप्रसाद अधिकारीलाई ल्याईएको थियो।