काठमाडौं, ३० बैशाख । गत चैत १५ गतेको हिंसात्मक तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितलाई थप ५ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।
आज काठमाडौं जिल्ला अदालतले २६ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।
राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।