काठमाडौं, ३ वैशाख । अमेरिकाले थप ७ नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो ।
निष्कासनमा पर्नेमा डाँगी, ओली, रोका मगर, खत्री, गौतम, तिवारी र केसी थरका एक-एक जना रहेका छन् । उनीहरूलाई गत साता काठमाडौं फर्काइएको स्रोतले जानकारी दिएको छ । उनीहरू सबैलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो ।
उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए । अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको हो ।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि नेपालीहरू निष्कासनमा पर्ने क्रम बढेको छ । स्रोतका अनुसार निष्कासनमा परेका नेपालीहरू प्रत्येक साता काठमाडौं अवतरण गर्ने गरेका छन् ।